रौतहट,२ माघ/ थारु कल्याणकारीणी सभा रौतहटको आयोजनामा शनिबार देखि शुरु भएको माघी महोत्सवमा आइतबार आज चर्चित गायिका अन्नु चौधरी तथा गायक/संगीतकार सुर्य राई दनुवारको विशेष प्रस्तुती रहनेछ ।
थारू समुदायको नयाँ वर्ष २६४६ को अवसरमा गुजरा नगरपालिका वडा नम्वर-२ चोचा स्थित फनपार्कमा हिजोबाट सुरु भएको महोत्सवमा आज स्थानीय कलाकारहरुको पनि समेत बेजोड प्रसतुती रहने आयोजक समितिका प्रमोद चौधरीले जानकारी दिएकाछन् । दिउसो १२ बजे देखि गायिका चौधरी र राईको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।