चितवन, १० पौष / लियो क्लव अफ भरतपुरले चितवनको एक विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा लगायत शैक्षिक सामग्री वितरण गरेको छ । लिओ क्लव अफ भरतपुरले शनिबार एक कार्यक्रमको आयोजना गरि जिल्लाको ईच्छाकामना गाउँपालिका(१ स्थित रहेको चित्रकाली आधारभूत विद्यालयमा अध्ययनरत चेपांग समुदायका २९ जना बालबालिकालाई न्यानो कपडा, टोपी, जुत्ता लगायत शैक्षिक सामग्री वितरण गरेको कार्यक्रमका संयोजक रामचन्द्र पन्तले जानकारी दिएका छन् । लियो क्लव अफ भरतपुरको आयोजना तथा गो मून ग्रुप, नेपाली हेल्पिङ्ग ह्याण्डस्को आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत बिपन्न, पिछड़ियका चेपांग समुदायका बालबालिकालाई उक्त सामग्री वितरण गरिएको अर्का संयोजक विनय कार्कीले बताएका छन् ।
न्यानो माया वितरण नाम दिएर आयोजना गरिएको उक्त कार्यक्रमको सभापतिमा ज्योति पौडेल, प्रमुख अतिथीमा विद्यालयका प्रधानाध्यापक मिरा थापा, विशिष्ट अतिथीमा क्लवका पुर्व अध्यक्ष सुदिप सिग्देल लगायतका रहेका थिए ।