रौतहट, २२ कात्तिक / रौतहट जिल्ला गुजरा नगरपालिका-४ का युवा नेता तथा समाजसेवी कुमार चौलागाई "झमक" ले छठ पर्वको अवसरमा एक सय जना महिलालाई कपडा वितरण गरेको छ।
चौलागाईले आईतबार विहान वडा नम्वर-४ जंगलसहिय र पोखरभिण्डाका अति बिपन्न तथा दलित समुदायका छठ पर्व मान्ने एक सय महिलालाई सारीको सेट वितरण गरेको हो । तराईका जिल्लाहरुमा छठ पर्वलाई विशेष पर्वको रुपमा मनाइने गरेकोले बिपन्न तथा दलितहरुको अवस्थालाई हेरेर कपडा वितरण गरेको चौलागाईले मेरो हुलाकी डटकमलाई जानकारी दिएका छन् । समाज सेवामा सक्रिय युवा नेता चौलागाईले विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् ।