सिन्धुली, मंसिर १४/ राई भाषाको युवा गायक किरण राईको तोरा चोखो माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भुवन राईको रचना रहेको गीतमा किरण राईको स्वर तथा संगीत रहेको छ ।पेशाले सरकारी जागिरे समेत रहेका गायक किरण राईले आफ्नो समुदायको संस्कृती र राई भाषाको प्रवर्धनका लागि आगामी दिनमा पनि यसरी नै राई भाषाको गीत संगीतलाई श्रोता/दर्शक माझ प्रस्तुत गर्दै जाने गायक राईको भनाई रहेको छ ।
सिन्धुली जिल्लाको हरिहरपुरगढी झनझने वरिपरि छायाङ्कन गरिएको उक्त भिडियोमा नव मोडल फिलिप राई र प्रिया तामाङको अभिनय रहेको छ । यो नेपाली अनलाइन टिभीले आईतबार बेलुका सार्वजनिक गरेको उक्त भिडियोको छायाँङ्कन, सम्पादन तथा निर्देशन विशाल राज राईको रहेको छ भने मेलिना राई र अर्चना राईको शृङगार रहेको छ ।