काठमाडौं,२०असोज / सेवाग्राहीसँग २ लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौंमा कार्यरत सव-इन्जिनियर दीपेन्द्रकुमार केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको प्रहरीले जनाएको छ।
कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ। आयोगले कार्यालय परिसरबाटै केसीलाई मंगलबार पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए। आरोपीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।