सिन्धुपाल्चोक, १९ असोज / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा रहेको इन्द्रेश्वरी माध्यामिक विद्यालयले बौद्धिक अपांगता भएका श्रोत कक्षाका २५ जना विद्यार्थीलाई जाडोको न्यानो कपडा र झोला वितरण गरेको छ । मंगलबार अस्ट्रेलिया रहनु भएका मेलम्ची ११ निवासी सुमन श्रेष्ठ र त्यहाँ रहि अपांगता क्षेत्रमा काम गर्ने जेम्सको सहयोगमा प्राप्त २५ जना विद्यार्थीलाई ट्र्याक सुट र झोला इन्द्रेश्वरी माविका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले वितरण गरेका हुन् । साथै श्रेष्ठका दाइ सुदर्शन श्रेष्ठले रेडियो मेलम्चीलाई पनि ५ हजार हस्तान्तरण गरेका छन् । सोही विद्यालयका विद्यार्थी समेत रहेका श्रेष्ठ र जेम्स प्रती प्रधानाध्यापक श्रेष्ठले धन्यवाद ज्ञापन समेत गरेका छन् ।