सिन्धुपाल्चोक, १८ असोज / सिन्धुपाल्चोकमा रहेका सामुदायिक रेडियोमा कोभिड महामारीको प्रभावका वारेमा कार्यशाला गोष्ठी चौतारामा सम्पन्न भएको छ । रेडियो सिन्धु , सामुदायिक रेडियो र अमार्क एशिया प्रशान्त कार्यालयको सयुक्त आयोजनामा भएको गोष्ठीमा जिल्लामा सञ्चालित सामुदायीक रेडियोका प्रतिनिधीहरुले कोभिड महामारीले जनशक्तीमा पारेको प्रभाव र समाधानका उपाय, महिला र सिमान्तकृत वर्गमा परेको प्रभाव तथा समाधानका उपाय, आर्थिक क्षेत्रमा परेको प्रभाव र समाधानका उपायका साथै प्राविधिक ब्यवस्थापनका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा रेडियो लोकप्रिय नेत्रज्योती एफएमका कार्यकारी प्रमुख नेत्र वस्नेत, रेडियो सुनकोशीका स्टेशन प्रमुख यज्ञ दँगाल , रेडियो मेलम्चीका स्टेशन प्रमुख देवराज सुवेदी , रेडियो सिन्धुका स्टेशन प्रमुख रत्न श्रेष्ठ लगायतले बोलेका थिए ।