दोलखा, १५ असोज / दोलखाको शैलुङ गाउँपालिकामा २ सय ८३ धारा हस्तान्तरण गरिएको छ । एक घर एक धारा निर्माण भएपछि स्थानीयलाई घण्टौ लगाएर पानी लिन जानु पर्ने बाध्यता हटेको छ । पानी लिनकै लागि एक घण्टा भन्दा वढि समय लाग्ने गरेकाले पानीको जोहो गर्न नसक्ने बाध्यताले सधै पिरोलिएको थियौ अहिले आफ्नो घरमै पानी आउने धारा निर्माण भएपछि निकै सहज भएको गाँउपालिका वडा नम्बर ४ का पदम बहादुर घिसिङको वताएका छन् ।
वाटर एड नेपालको सहयोगमा सामुदायिक विकास मञ्च दोलखा ७० प्रतिशत,गाउँपालिका र स्थानिय उपभोक्ताको ३० प्रतिशत संयुक्त लगानीमा निर्माण भएका २ सय ८३ वटा धारा हस्तान्तरण गरेको सामुदायिक विकास मञ्च दोलखाका कार्यक्रम संयोजक शैलेस श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार वडा नम्वर ३,४ र ५ मा निर्माण भएका २ सय ८३ धारा खानेपानी आयोजनालाई हस्तान्तरण गरिएको हो।
बिहिबार वडा नम्वर ३ मा ठाडोबाटो जोरसल्ले खानेपानी आयोजनाका १ सय २९ एक घर एक धारा र ५ वटा सामुदायिक धारा गरी १ सय ३४ वटा र वडा नम्वर ५ मा छहरे खोला खानेपानी आयोजनामा ४४ वटा खानेपानीका धाराहरु हस्तान्तरण गरिएको छ ।त्यसैगरी केहि महिना अघि वडा नम्वर ४ मा जोगीडाँडा खानेपानी आयोजनाका १ सय ५ वटा मिटर सहितका धारा हस्तान्तरण गरिएको गरिएको थियो भने संस्थाको सहयोग मानै नम्वर ५ मा १ सय धारा निर्माण भईरहेको सामुदायिक विकास मञ्च दोलखाले जनाएको छ।