रौतहट, १५ असोज / रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-१ स्थित रहेको पौराई खोलाको पुलका लागि २ नम्वर प्रदेश राजधानी जनकपुरको एक टोलीले प्रारम्भिक स्थलगत निरीक्षण गरेको छ । बिहीबार पुर्व मन्त्री प्रभु साहको स्वकीय सचिव तथा युवा नेता बाल कृष्ण सापकोटा, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय पुर्वाधार विकास विभाग, सडक पुर्वाधार डिभिजन कार्यालय जनकपुरका निमित्त कार्यालय प्रमुख महेश यादव सहितको टोलीले पौराई मंगलपुर जोड्ने पौराई खोलामा पुलका लागि प्रारम्भिक स्थलगत निरिक्षण गरेको हो।
पर्यटकीय दृष्टीकोणले बागमती र पौराई ब्रह्मबाबासँग अन्तर सम्बन्ध रहेकोले दुईवटै ठाऊँलाई जोड्ने पुल निर्माण गर्ने उद्देश्यले स्थलगत निरीक्षण गरेको सापकोटाले बताए । उनका अनुसार प्रारम्भिक निरीक्षणले १ सय मिटर लम्बाई तथा ८ मिटर चौडाईको पुलको आगामी कार्तिक महिना भित्रमा डिपिआर तयार गरि यसै आर्थिक वर्षमा निर्माण कार्य प्रारम्भ हुने समेत जनाएका छन् ।