दोलखा, १२ असोज / कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्राससँगै मास्क प्रयोग गर्नेहरुको संख्या बृद्धि भए पनि त्यसको प्रयोग पछिको व्यवस्थापन भने देखिदैन जसको कारण कोरोना संक्रमणको जोखिम झन बढ्दै गएको पाईन्छ । मास्कको प्रयोग पछि त्यसलाई विभिन्न ठाउँमा अव्यवस्थित ढङ्गले मिल्काएको कारण कोरोनाको जोखिम झन बढेर गएको सरोकारवालाहरुको भनाई रहेको छ । कोरोना संक्रमणबाट बच्न प्रयोग भएको मास्क कसैले फोहोरको डंगुरमा त, कसैले सडकपेटी र गल्लीमा फाल्ने गरेको भीमेश्वर नगरपालिकाको कुचिकार रुपा मुङग्रातीले वताईन् । उनले भनिन जथाभावि मास्क फालिएको कारण जोखिम बढ्न सक्ने बताइन ।
सरकारले कोरोना रोकथामको लागि निशेधाज्ञा समेत जारी गरेको अवस्थामा नागरिक आफै सचेत नहुदा प्रयोग भएका मास्ककै कारण समेत संक्रमण फैलने सम्भावना देखिएको छ । सबै कुरा सरकारको प्रयासले मात्र सम्भव नहुने भएकोले कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिक आफुले पनि प्रयोग गरिएका मास्क सहि रुपमा व्यवस्थापन गर्नु पर्ने बृद्धि बहादुर काकीले बताए । आपूm संक्रमणबाट बच्न र अरुलाई आफ्नो कारणले समस्या नहोस भन्न सबैले मास्क प्रयोग गर्नु पर्ने हुन्छ । प्रयोग भएको मास्कको भित्रि भागमा थुक, ¥याल, सिगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ त्यसैले प्रयोग भइसकेको मास्कको ठिक ढङ्गले व्यवस्थापन गर्नु जरुरी हुन्छ ।
आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा संक्रमणको जोखिम बढ्न सक्ने देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताएका छन् । आफुले प्रयोग गरेका मास्कहरु जथाभावि फाल्दा त्यसले अरु मानिस र स्वयम आफैलाई समेत संक्रमणको जोखिम बढाउने तथ्यलाई आत्मसाथ गर्दै प्रयोग गरिएको मास्कको सहि व्यवस्थापनमा आफु पनि सतर्क रहने र अरुलाई पनि सचेत गराउने अभियानमा हामी सबै सहभागी भयौ भने कोरोना संक्रमणको जोखिमबाट बच्न धेरै हदसम्म सहयोग हुने स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालो लगाएतले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने, पानीमा वगेर संक्रमण फैलन सक्ने, जलचरहरु प्रभावित हुन सक्ने चरिकोट अस्पतालका प्रमुख डाक्टर विनोद दंगालको भनाई छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती बस्तुमा किटाणु लामो समय सम्म बस्छ । आम नागरीकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा ध्यान दिएमा संक्रमण फैलनबाट धेरै हद सम्म बच्न सकिने डाक्टर दंगालले बताए ।