दोलखा, १२ असोज ÷दोलखाको विगु गाउँपालिकामा पोखरीमा डुबेर बेपत्ता भएका एक किशोरको आज शव फेला परेको छ । सोमबारे दिउसो पौडी खेल्ने क्रममा बेपत्ता भएका विगु गाउँपालिका वडा नम्बर ४ लादुकका अन्दाजी १८ वर्षिय टिकाराम तमाङ शव फेला परेको ईलाका प्रहरी कार्यालय सिँगटीका प्रमुख शुसील केसीले जानकारी दिएका छन । उनका अनुसार प्रहरी, स्थानिय बासिन्दा तथा जनप्रतिनीधीहरुले खोजी गर्ने क्रममा शव भेटिएको हो । लादुकमा रहेको शान्ती आर्दश माध्यामिक विद्यालय नजिकैको बुलुङसी पोखरीमा पौडी खेल्ने क्रममा तमाङ वेपता हुनु भएको थियो ।