दोलखा,११ असोज / दोलखाको विगु गाउँपालिकामा पोखरीमा डुवेर एक किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा विगु गाउँपालिका वडा नम्बर ४ लादुकका अन्दाजी १८ वर्षिय टिकाराम तामाङ रहेको वडा नम्वर ४ का वडा अध्यक्ष बुक्तम तामाङले जानकारी दिएका छन् । उनका अनुसार लादुकमा रहेको शान्ती आर्दश माध्यामिक विद्यालय नजिकैको बुलुङसी पोखरीमा पौडी खेल्ने क्रममा तामाङ बेपत्ता भएको हो । तमाङ दुई दिन अघि मात्रै भारतबाट दशै मनाउनका लागि घर आएको र उनको खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।