दोलखा,११ असोज / दोलखाको शैलुङ गाउँपालिकाकी एक किशोरीलाई कैलालीबाट उद्धार गरिएको छ । सामाजिक सञ्जालमा साथी बनाई विवाह गरि पारिवारको ऋण समेत तिरिदिने प्रलोभन देखाई भारत लैजादै गरेको शैलुङ गाउँपालिका ६ फस्कुका १६ वर्षिया किशोरीलाई प्रहरी र शान्ति पुनःस्थापन केन्द्र कैलालीले सीमा नाकाबाट उद्धार गरेको गाउँपालिकाका कर्मचारी भिजन तमाङले जानकारी दिएका छन् । तमाङका अनुसार पुनःस्थापन केन्द्र र प्रहरीले किशोरीलाई केहि दिन अघि उद्धार गरिएको थियो ।
प्रहरीले उद्धार गरिएकी किशोरीलाई गाउँपालिकाको रोहवरमा परिवारलाई बुझाउने तयारी गरेको छ ।आर्थिक अवस्था कम्जोर भएकी किशोरीलाई कैलालीको त्रिनगरको नाकाबाट अछामका एक युवले ललाई फकाई भारत पुर्याउन लागेको भन्ने खबर प्राप्त भए पछि उद्धार गरिएको हो ।