सिन्धुपाल्चोक, १० असोज / जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मानेस्वारा घर भई भक्तपुर सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोले सल्लाघारीबाट पक्राउ गरेको तामाङ्गलाई जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ को फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति दिने आदेश दिएको थियो । प्रहरीका अनुसार तामाङले २०६८ कार्तिक २० मा १५ वर्षीया किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर काभ्रेको दोलालघाट बजारबाट काठमाडौंकको कोटेश्वरस्थित शुभलक्ष्मी गेष्ट हाउसको ३०६ नम्बर कोठामा जबरजस्ती करणी गरेको आरोप छ । बुधबार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाईएको ब्युरोले जनाएको छ ।