काठमाडौं ६ असोज / अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् । आयुष्मान र प्रियंकाले दुई वर्ष अघि विवाह गरेका हुन् ।
विशेषत गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी उनको सामाजिक संजालमा गर्ने पोस्टहरुको आलोचना र प्रशंसा दुवै हुने गरेको छ ।