काठमाडौं ६ असोज / आज देशभर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतबाट आएको न्यून चापीय क्षेत्र र नेपालमै उत्पन्न स्थानीय वायुको प्रभावको कारण कारण शुक्रबारसम्म देशभर वर्षा हुने तथा मौसम मनसुन बाहिरीने क्रममा रहेकाले भिषण वर्षाको सम्भावना कम रहेको बताइएको छ ।
बुधबार बिहान गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताएका छन । दिउँसो प्रदेश १‚ प्रदेश २ र कर्णाली प्रदेशबाहेक सबै स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने यस्तै काठमाडौं उपत्यकामा हल्का पानी पर्ने महाशाखाले जनाएको छ।