रौतहट, ५ असोज / रौतहट प्रहरीले ४० किलो चाँदी सहित एक जनालाई एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान गौर नगरपालिका–४ बसपार्क अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट आउँदै गरेका सर्लाही मलंगवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई चाँदीसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट दुई वटा झोलामा रहेको ४० किलो चाँदी बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता नारायण प्रसाद चिमरियाले जानकारी दिएका छन्। बरामद गरिएको चाँदीको बजार मूल्य ३९ लाख ४४ हजार रहेको उनले जनाएको छ भने सोनारलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको चिमरियाले बताएका छन्।