काठमाडौं ५ असोज / नेकपा एकीकृत समाजवादी को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठक समसामयिक विषयका साथै राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रस्तावहरू पेश र छलफल हुने जानकारी दिए। साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न आयोगहरूलाई पूर्णता दिने सो पार्टीको तयारी छ ।