रौतहट, ३ असोज / जनता समाजवादी पार्टी रौतहट गुजरा नगरपालिकाका वडा- ३ सदस्य गीता माझी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । माओवादी केन्द्र निकट अखिल महिला संघ क्रान्तिकारी वडा नम्वर -३ को प्रथम वडा भेला कार्यक्रम मार्फत माझी माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।
विभिन्न समाजिक कार्यमा कृयाशिल माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा गुजरा-३ वडा सदस्य पदका उम्मेदवार रहेका थिए । शनिबार सम्पन्न उक्त भेलाले जलामुन नेसाको अध्यक्षतामा १५ सदस्यीय अखिल महिला संघ क्रान्तिकारी वडा कमिटी गठन गरेको छ । जसको सचिवमा रमा श्रेष्ठ सदस्यहरुमा मुस्तरी खातुन, राधिका राई र सरस्वती विक लगाएतका छन् ।