बुटवल २ असोज / आज बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।
कपिलवस्तु प्रहरीे प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार १८ जना मध्ये ५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । बसमा ३१ जना यात्रु सवार थिए ।