काठमाडौं १ असोज / २४ घण्टामा देशभर १५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जना संक्रमित कोभिड(१९) संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड(१९) संक्रमण जित्नेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ ।
यस्तै थप १० जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार १२ पुगेको छ । देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।