दैलेख, ३० भदौ । दैलेखमा शिक्षकको घाँटी रेटेर गरेको हत्यामा संलग्न एक जना महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। गत २८ गते राति धारिलो हतियार प्रहार गरेर सोही ठाउँका ४२ वर्षीया नगेन्द्र कुमार विसीको हत्या गरेकी गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । व्यक्तिगत रिसिबीका कारण शिक्षक विसीको घाँटी रेटेर हत्या गरेको रानाले स्वीकार गरेकी छन् ।
मालिका माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षक विसीको शव सोही विद्यालयको बरण्डामा मंगलबार बिहान ७ बजेतिर बिहान दूध पु–याउन जाँदै गरेका स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठका अनुसार ती महिलाले हत्या गरेको स्वीकार गरेको जानकारी दिएका छन ।