काठमाडौं २९ भदौ / दैलेखको गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । बिसीको शव विहान दूध पुर्याउन हिँडेका स्थानीयले विद्यालयको बरन्डामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले घटनाबारे बुझ्न केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताएका छन। शव पोस्टमार्टमका लागि दैलेख अस्पताल लगिएको छ।