रुकुम पूर्व, २१ भदौ÷रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर ५ रानीकोटमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । आईतबार परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अबरुद्ध भएको हो । पहिरोका कारण जिल्ला भित्रिने र बाहिरिने सवारी साधनहरु बीच मै रोकिदा यात्रुहरु अलपत्र परेका छन् ।
आईतबार बेलुका देखि अवरुद्ध लोकमार्ग खुलाउन दुई वटा मेसिनले निरन्तर पहिरो पन्छाउने काम गरेपनि अहिलेसम्म सडक संचालनमा आउन नसकेको कालिका कन्स्ट्रक्सनका सुपरभाईजर प्रकाश शाहीले जानकारी गराएका छन् । पानी नपरेमा बेलुका सम्म सडक सुचारु हुने सुपरभाईजर शाहिले बताए ।