काठमाण्डौं, १७ भदौ / बलिउड अभिनेता एवम् भारतीय टेलिभिजन शो,बीग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
मुम्बईस्थित कुपर अस्पतालमा उपचाररत ४० वर्षीय शुक्लाको बुधबार राति निधन भएको हो । सिद्धार्थको शव हाल कुपर अस्पतालमा राखिएको र आजै पोस्टमार्टम गरिने बताइएको छ । सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए । उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए ।