सिन्धुली, २७ जेठ / नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हरिहरपुरगढी सिन्धुलीले ७ सुत्रिय माग सहित हरिहरपुरगढी गाउँपालिकामा माग पत्र बुझाएका छन् । संगठनकी हरिहरपुरगढी अध्यक्ष अम्बिका कुमारी राईले गाउँपालिका भित्र कार्यरत शिक्षकहरुको हक हित सहितको माग पत्र सहित गाउँपालिका अध्यक्ष कारसाङ लामालाई बुझाएको हो ।
बिहीबार गाउँपालिकामा बुझाएको माग पत्रमा शैक्षिक सत्रको सुरुवातसँगै सवै शिक्षक तथा कर्मचारीहरूलाई अनिवार्य कोभिड खोपको व्यवस्था, संघिय सरकारले तोके बमोजिम बाल शिक्षिका र विद्यालय कर्मचारीहरुलाई रु १५,००० तलब दिने व्यवस्था, गाऊँपालिकाबाट विनियोजित बाल शिक्षिका र अन्य शिक्षकाको तलव संघिय सरकारको सो सरह बृद्धि, दरबन्दी मिलान यथासिघ्र सम्पन्न गरि विद्यार्थी सङख्याको आधारमा शिक्षकको व्यवस्था लगायतका माग उल्लेख रहेको छ ।
विश्वाब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण धेरै शिक्षकहरुले सन्क्रमित भएको र कयौंले ज्यान समेत गुमाई सकेको अवस्थामा गाउँपालिकाले कुनै किसिमको चासो नदेखाएका कारण आफूहरुले खोप सहितको माग पत्र पेश गरेको संगठनकी अध्यक्ष राईले बताएकी छन् ।