भदौ १७, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एक हप्ता थपिएको छ । बुधबार दिउसो बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनाएका छन ।
काठमाण्डौ उपत्यकाको ३ वटै जिल्लाको अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप लम्ब्याउने गर्ने निर्णय गरेको उनले बताए ।
उपत्यकाको ३ वटै जिल्लामा भदै ३ गते रातिदेखि लागू भएको लकडाउन आज बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो ।