काठमाण्डौं, १६ चैत/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि मंगलबार देखि ४ दिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेकोले शिक्षण संस्था बन्द गरेको हो।
जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ यस्तो किसिमको वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।