काठमाडौं,१६ चैत / नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जीतनारायण श्रेष्ठलाई र तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले मेरोहुलाकीलाई जानकारी दिएका छन ।
चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो। यस्तै तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ खाली रहेको छ।
यसैगरी बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने कांग्रेसले निर्णय गरेको छ। बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।