काठमाडौं,१६ चैत / कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन पार्टी कार्यालय सानेपामा उक्त बैठक बसेको हो ।
बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउनेछ। गठबन्धनमा कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने भएको छ।