काठमाडौं, १३ चैत / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्ध प्रदर्शन गरिएको छ।
भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो ,संविधान र कानुनविपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै काठमाडौं महानगरपालिका र मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको छ।
विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो।