काठमाडौं,१३ चैत/ सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दुई शीर्ष नेतासँग भेट गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन्।
समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच आज बिहान छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।
सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरूले मंगलबार अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमतिमा पुग्ने समझदारीसमेत गरेका छन्।
सत्ता गठबन्धनमा १० दल छन्।