काठमाडौं,७ चैत / नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा सुरू भएको छ।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता, मन्त्रालय लगायतबारे छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादी पार्टीले सोमबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। पार्टीले सरकारमा तीन वटा मन्त्रालयमा दाबी गर्ने बताइरहेको छ। यद्यपि आजको बैठकले औपचारिक निर्णय गर्नेछ।