काठमाडौं,६ चैत / शीतल निवासमा सोमबार आयोजित समारोहमा नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । चौथो कार्यकालको लागि शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का नेता यादव ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
सोही समारोहमा पूर्वउपराष्ट्रपति पुनलाई प्रधानमन्त्री प्रचण्डले काठको आँखीझ्याल दिएर विदाइ गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आँखीझ्याल नै दिएर विदाइ गरिएको थियो ।