काठमाडौं,३ चैत/ नेपाली कांग्रेसले यही चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका संसदीय दल नेतासमेत रहेका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्न संघीय र प्रदेश सांसदहरुलाई मतदान गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।