काठमाडौं, ५ पुस / नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्।
रूघा खोकी, ज्वरो र छातीमा संक्रमण देखिएपछि अध्यक्ष नेपाल आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्। उनको अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ।