काठमाडौ,३० जेठ/ प्रतिनिधिसभाको सोमबारको बैठकमा विभिन्न मन्त्रीले विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ आज दिने कार्यसूची रहेको संसद् सचवालयका महासचिव भरतराज गौतमले जनाएका छन।
बैठकमा कानून, युवा, श्रम, वन, शहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपन्छी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ।