काठमाडौं, २२ जेठ / जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको यात्रुबाहक बस हुलाकी राजमार्गमा आज बिहान करिब पौने ५ बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। भने घाइते २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन ।
उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेको र मृतकहरुको सनाखत हुन बाँकी रहेको छ।