काठमाडौं,२२ / जेष्ठ आइतबार बिहान पौने ५ बजे जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलामा लु २ ख ३८ ४१ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन।
रेग्मीका अनुसार बस रोहिणी खोलाको पुल भत्काएर खोलामा खसेको छ। दुर्घटनामा परेको बसलाई जेसीभिको सहायतामा पल्टाएर यात्रुको उद्धार जारी रहेकोले मृतक अझै बढ्न सक्ने उनले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।