काठमाडौं, १४ कार्तिक। नेपालबाट जापानको लागि कामदार भिषा प्राप्त गर्ने पहिलो नेपाली कामदार आगामी महिना नोवेम्बरको दोश्रो हप्ता जापान जाने भएको छ । कामदार भिषाको विषयमा दुई देश बीच २०७५ चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भए अनुसारका कामदार भिषामा नेपाली कामदार जापान जान लागेको हो । जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) भिषा अन्तर्गतको नर्सिङ्ग केयर गिभरमा नेपालबाट पहिलो चरणमै भाषा तथा शीप परिक्षा उतीर्ण गरेकी बिनु गुरुङ कामदार भिषामा जापान जाने निश्चित भएको हो ।
काठमाण्डौंको नयाँ बानेश्वर स्थित रहेको हानामिजुकी ट्रेनिङ्ग सेन्टरबाट जापानिज भाषा तथा शीप सम्बन्धी अध्ययन गरेकी उनले जापान फाउन्डेशनले नेपालमा पहिलो चरण संचालन गरेको भाषा तथा शीप परीक्षा उतीर्ण गरेकी गुरुङले कम्पनीले लिने अन्तर्वार्ता पास गरे सँगै जापान जाने ढोका खुलेको थियो । सम्पूर्ण परीक्षा उतीर्ण गरेकी गुरुङले विशिष्ट दक्ष कामदार (SSW) अन्तरगत हिजो बिहीबार अक्टुवर २९ तारिकको दिन नेपाल सरकार " श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय " बाट नेपालबाट कामदारको रुपमा जापान जानको लागि स्वीकृति प्राप्त गरेकी छन् साथै नेपालबाट जापान जाने प्रथम व्यक्तिको रुपमा बिनु गुरुङलाई स्वीकृति प्रमाणपत्र समेत प्रदान गरेको हानामिजुकी ट्रेनिंग सेन्टरका संचालक दिपक खनालले बताएका छन । उनका अनुसार हानामिजुकीको मार्गदर्शन तथा गुरुङको मेहनत र लगनशीलताले यो सफलता प्राप्त गरेको र आगामी दिनहरुमा पनि नेपाली विद्यार्थीहरुको लागि अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत खनालले गरेका छन् ।
नेपाल र जापान सरकार बीच भएको सम्झौता अनुसार सबै प्रक्रिया तथा परीक्षाहरु मैले उतीर्ण गरिसकेको भए पनि कोभिड-१९ को प्रकोपले गर्दा मेरो जापान जाने सपना अन्योलमा परेको थियो तर कति पनि निरास नभई नेपाल सरकारले गरेको बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै अझै जापानिज भाषाको अध्ययनलाई प्रभाकारी रुप अगाडी बढाउदै आफ्नो भाषालाई निखार्न पाएको गुरुङले मेरो हुलाकी डटकमलाई बताएकी छन् !
जापानको Dogwood Community Company ले गत वर्ष देखि नेपालका स्थानीय दुई ट्रेनिंग सेन्टर Hanamizuki Training Pvt. Ltd, Reiwa Nepal Institute Pvt Ltd सँग सहकार्यमा Dogwood Group को स्थापना गरी SSW सम्बन्धि नयाँ परियोजना सुरु गरेका थियो । Dogwood Group ले विद्यार्थीहरुको अध्ययनको लागि बिना लागत ढुक्क भइ अध्ययन गर्न र SSW भिषा प्राप्त गर्न सक्ने वातावरण सिर्जना गरी भाषा तथा शीप सम्बन्धी विभिन्न अनलाईन कक्षाहरु संचालन गर्दै आएको छ । कोरोना भाइरस र नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण जापान जाने प्रक्रिया अन्योलको अप्रत्याशित अवस्था सिर्जना भएपनि हरेक दिन हनामिजुकी ट्रेनिंग सेन्टर तथा रेइवा नेपाल इन्स्टिच्युटले अनलाइन अध्यनलाई निरन्तरता दिई जापान फ़ाउन्डेशनले लिने भाषा र शीप परिक्षामा धेरै नेपाली विद्यार्थीहरुलाई सहभागी गराई उतीर्ण समेत गराउन सफल भएका छन् । त्यति मात्रै नभएर बढी भन्दा बढी नेपाली विद्यार्थीलाई विशिष्टिकृत दक्ष कामदार भिषामा जापान पठाउने उद्देश्य Dogwood Group रहेको Dogwood Community Company जापानका नेपाल प्रतिनिधी प्रकाश आचार्यले जानकारी गराएका छन् ।
नेपाल र जापान सरकार बीच २०७५ चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भए अनुसारका विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) भिषा अन्तर्गतको पहिलो र दोस्रो वर्गका कामदार लिने छ । पहिलो वर्ग (एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । दोस्रो वर्ग (एसएसडब्लू -आईआई) का कामदारका लागि भने उच्च तहको शीप आवश्यक पर्छ । सहकार्यको समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने र कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग गरी १४ क्षेत्रमा कामदार लैजाने भएपनि नेपालबाट पहिलो चरणमा नर्सिङ्ग केयर गिभरमा मात्रै नेपाली कामदार लैजाने सहमति भएको थियो ।
जापानले विदेशी कामदार लैजान अध्यागमन कानुन परिमार्जन गरी नयाँ भिसाको व्यवस्था गरेसँगै नेपाल लगायत ९ ओटा देशबाट SSW अन्तरगत विदेशी कामदार लैजानेछ !