रुकुम पूर्व, ३ असोज / आज असोज ३ गते अर्थात संविधान दिवस, आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएको छ । यस्तै रुकुम पूर्वमा सातौं संविधान दिवस भव्य तरिकाले गरी मनाईएको छ । जिल्ला समन्वय समिति रुकुम पूर्व र सिस्ने गाउँपालिकाको संयुक्त आयोजनामा रुकुमकोटमा कोरोना भाईरसको जोखिमलाई मध्येनजर गर्दै प्रभातफेरी गरि संविधान दिवस मनाईएको हो ।
जिल्ला प्रहरी कार्यालय अगाडी कमल दहबाट सुरु गरिएको प्रभातफेरी बाउनठाना, टाकुरा, कैचीमोड, छिप्रिदह हुँदै जिल्ला समन्वय समितिको प्राङगणमा पुगेर कोण सभामा परिणत भएको थियो । संविधान दिवस २०७८ भव्य रुपमा मनाऔ,वीर सहिदहरु अमर रहुन, हाम्रो संविधान, समावेशी संविधान लगायका नारा लेखिएका प्लेकार्ड सहित प्रभातफेरि गरिएको हो ।
कार्यक्रममा बोल्दै सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल गौतमले नेपालको संविधान २०७२ ले सबैको अधिकार सुनिश्चित गरेको भन्दै सबै सरोकारावालाहरुले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । संविधानले ३ तहका सरकारको आ-आफ्नो अधिकारको सुनिश्चितता गरेको र अधिकारसँगै कर्तव्यलाई पूरा गर्न सके संविधान सफल बनाउन सकिने उनको भनाई रहेको छ । अध्यक्ष बरालले नेपालको संविधानको विषयमा अझै पनि नागरिक आनविज्ञ रहेकाले यसको बारेमा जानकारी गराउन आवश्यवक रहेको बताएका छन् ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले संविधानको प्रभावकारी कार्यान्वयनमा सबैले जोड दिनु पर्ने बताइका छन्। संविधानको प्रभावकारी तरिकाले कार्यान्वयन हुन नसके जनतामा नैरास्यता छाउने भन्दै सुसुचित ढङगले जनताको जिवनको हक हित संरक्षणमा सबैले ध्यान दिनु पर्ने धारणा राखेका थिए ।
उक्त संविधान दिवस कार्यक्रममा एकीकृत समाजवादिका तर्फबाट टिकाराम उपाध्याय, नेकपा माओवादि केन्द्रका प्रदेश कमिटी सदस्य कृष्ण रेग्मी, नेकपा एमाले सिस्ने गाउँ कमिटी अध्यक्ष हरिहर पौडेल लगाएतले शुभकामना मन्तब्य राख्नु राखेका थिए।नेकपा एमाले सिस्ने गाउँ कमिटी अध्यक्ष पौडेलले संविधानमा भएका त्रुटिहरु सच्याउदै सबै राजनीतिक दलहरुले साझा प्रस्तावको रुपमा एकतावद्व भएर अगाडि बढ्नु पर्ने बताएका छन्।
जिल्ला समन्वय समितका उपाध्यक्ष भिम कुमारि बिष्टको अध्यक्षमा शुरु भएको कार्यक्रममा सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि दाहालले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संञ्चालन अन्जन मिश्रले गरेका थिए ।
यस्तै जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ । भुमे गाउँपालिकाले प्रभातफेरीसँगै सरसफाइई कार्यक्रम गरेर संविधान दिवस मनाएको हो । भुमे गाउँपालिका २ खाबाङ बजार हुँदै गाउँपालिका सम्म प्रभातफेरी गरेर गाउँपालिका परिसरभित्र सरसफाई गरेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले जनाएका छन् । संविधान दिवसको अवसरमा नागरिकहरुले गाउँपालिका कार्यालय देखि घर घरमा दिप प्रज्वलन समेत गरेका छन् ।