काठमाडौं ३१ भदौ / पछिल्लो २४ घण्टामा देशभर १ हजार ५११ नयाँ कोरोना संक्रमित थपिएका छन् । १५ हजार १७९ नमूना परीक्षण गर्दा १ हजार ५११ मा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख १० हजार ८९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ जना रहेको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ भने ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भएका छन् ।