संखुवासभा, २१ भदौ/ संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्की सहित परिवारका ६ जना सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाकारी दिएको छ।
अज्ञात समूहले धारिलो हतियार प्रहार गरी तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की को हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । उनका अुसार गएराति नै हत्या भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको बताए । साथै तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला परेको डिएसपी सुवेदीले बताएका छन् ।