काठमाडौं, २९ असार / नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले २ घण्टा ढिलो गरी मंगलबार साँझ गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएसँगै सपथ लिएका हुन् ।
सोमबार सर्वोच्च अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।