रौतहट,२८ भदौ । रौतहटको गुजरा नगरपालिकामा आकर्षक फनपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गुजरा नगरपालिका वडा नं २ को चोचामा करिव एक करोडको लागतमा निर्माण शुरु भएको फनपार्कको काम अन्तिम चरणमा पुगेको गुजरा नगरपालिका २ का वडा अध्यक्ष अशोक चौधरीले जानकारी दिएका छन् । शिव शक्ति सामुदायीक वन उपभोक्ता समितिको जग्गामा रहेको फनपार्कमा गुजरा नगरपालिका, राष्ट्रिपति चुरे संरक्षण कार्यक्रम, डिभिजन वन कार्यालय लगाएतको आर्थिक सहयोगमा मानव निर्मित पहाड सहितको आकर्षक फनपार्कको काम शुरु भएको स्थानीय बासिन्दा राम ईश्वर चौधरीले बताए ।
चारैतिर पोखरी र पोखरीको बिचमा मानव निर्मित पहाडले फनपार्कको शोभा बढाएको शिव शक्ति सामुदायीक वनका अध्यक्ष ज्ञानेन्द्र चौधरीले जानकारी दिएका छन् ।
मानव निर्मित पहाड सहितको पार्क प्रदेश २ कै पहिलो भएको वडा अध्यक्ष चौधरीको भनाइ रहेको छ । रौतहटबाट प्रकाशित हुने आजको तराई एक्सप्रेस दैनिक पत्रिकामा समाचार छापिएको छ ।