काठमाण्डौं, २८ असार/ सर्वोच्च अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । आज सोमबार बसेको संवैधानिक इजलासले सो आदेश जारी गर्दै दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ७ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन सर्वोच्चद्वारा परमादेश जारी गरेको हो !