रौतहट, २६ जेठ / रौतहट जिल्लाको गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवाल कमाऊ धन्दामा लागेका छन् ।गुजरा नगरपालिका अन्तर्गत पर्ने बकैया खोलाबाट नदी जन्य वस्तु उत्खननका लागि नगर प्रमुख चौधरी र प्रशासकीय अधिकृत जयसवालले ठेक्केदारहरुसँग मोटो रकम लिएर स्काभेटर प्रयोग गर्न अनुमति दिएको नगरपालिका श्रोतले जनाएको छ ।
नगरपालिकाले बकैया खोलामा स्काभेटर प्रयोग गर्न अनुमति दिएका आभा कन्स्ट्रक्सन तथा ठेक्केदार प्रमोद यादवको मुन्ना कन्स्ट्रक्सनले मापदण्ड बिपरित तिब्र रुपमा नदी जन्य बस्तु उत्खान्न र भण्डारण गर्दा समेत नगरपालिका तथा स्थानीय प्रहरी प्रशासन मौन बसेको स्थानीय मनोज चौधरीले बताएका छन् ।
नगरपालिकाले अमानतमा राजश्व अशुल्न पाउने नियममा रहेपनि स्काभेटरको प्रयोग गरी नदी जन्य बस्तु उत्खनन् गरेर भण्डारण गर्न नपाउने जानकारहरु बताउछन । यता, खोलाको ठेक्का नलागे पनि आफूहरुले नगरपालिकाबाट स्काभेटर प्रयोग गरी नदी जन्य बस्तु उत्खनन् तथा भण्डारणको लागि अनुमति लिएको आभा कन्स्ट्रक्सनका संचालक किशोर ठाकुरको भनाई रहेको छ । आभा कन्स्ट्रक्सनका संचालक ठाकुरले नगरपालिकाबाट अनुमति लिएको दाबी गरे पनि पुर्व मन्त्री तथा जनता समाजवादी पार्टीका नेता गोविन्द चौधरीको ठाडो आदेशमा नगर प्रमुख चौधरीले खोलामा स्काभेटर प्रयोग गर्न अनुमति दिएको समाचार श्रोतले जनाएको छ ।
यस विषयमा नगर प्रमुख चौधरीले आफूलाई केही थाहा नभएको र आभा कन्स्ट्रक्सनको बारेमा अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् । यसै गरी गुजरा नगरपालिकाका प्रशासकीय अधिकृत जयसवालसँग बुझ्दा आफूले खोलामा स्काभेटर प्रयोगका लागि अनुमति नदिएको बताए पनि बिगत २ साता देखि निर्वाद रुपमा ४ ओटा स्काभेटरले मापदण्ड बिपरित नदी जन्य बस्तु उत्खनन गर्दै आएको स्थानीय बासिन्दा विश्वनाथ चौधरीले बताएका छन् । उनका अनुसार बिगत २ साता देखि निरन्तर स्काभेटर चल्ने गरेको छ तर विकास निर्माणको कामको लागि नभएर क्रसर उद्योगका लागि गुजरा तथा भसेढवाको विभिन्न स्थानमा भण्डारण गर्ने गरेको बताए ।