काठमाडौं,२९ फागुन/ सरकारले रासायनिक मलमा कृषकलाई दिंदै आएको अनुदान कटौती गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो हुने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ ।