रौतहट, २ माघ/ रौतहटको फतुवा विजयपुर नगरपालिकामा हिमाली किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ । विहीबार फतुवा विजयपुर नगरपालिकाको वडा नम्वर ११ हिमालीवासमा एक कार्यक्रमको आयोजना गरी हिमाली किसान बहुउद्देश्यीय सहकारी संस्थाको उद्घाटन गरेको हो । पदम कुमार तिमल्सिनाको सभापतित्व रहेको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथी वडा नम्वर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र चौधरीले दिप प्रज्वलन गरेर उद्घाटन गरेका छन ।
उक्त कार्यक्रममा रञ्जन खरेल, विश्वराज ढुंगाना, कमला पाण्डे, शान्ति ढुंगाना, अनन्त पौडेल, ऋषिराम तिमल्सिना र जेन्जे लामा लगायत अतिथीहरुले आ आफनो मन्तब्य राखेका थिए भने सो उद्घाटन कार्यक्रममा स्थानिय बुद्धिजिवी,समाजसेवी तथा किसानहरुको उपस्थिति रहेको थियो।