भदौ,१६ काठमाडौं । नेपाल आयल निगमले मंगलबार मध्यराती देखि लागू हुने गरी पेट्रोलको मूल्य बढाएको छ । सरकारले पेट्रोलको लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको भए पनि डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले बताए ।अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ
यस अघि साउन ३२ गते डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक एक रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।